दैनिक संक्रमित बढेपनि जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून



काठमाडौं, माघ ६। नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ ।

बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।

संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो साताको तुलनामा हाल १४.०२ प्रशिततले कोरोना संक्रमण दर बढेको डा अधिकारीले बताए । मन्त्रालयका अनुसार देशभर आईसीयूमा १ सय ६९ जना उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना कोरोना संक्रमित उपचाररत छन् ।

दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएको कोरोना संक्रमित गम्भीर खालको समस्यामा देखिएका छैनन् । हाल ५० हजार सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या १ सय ७९ जना मात्रै रहेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्