नुवाकोट पञ्चकन्या गाउँपालिकाका विद्यालय बन्द



नुवाकोट,पुस २८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सबै विद्यालय माघ १५ गतेसम्म बन्द भएको छ ।

पञ्चकन्या गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै वार्षिक बिदामा मिलान गर्ने गरी बिदा गरिएको जनाएको हो । कोभिड १९ को संक्रमण तीव्र वेभमा बढ्दै गएकाले संघीय सरकारले यसअघि नै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि शिवपुरी,दुप्चेश्वर लगायत गाउँपालिकाले समेत वैकल्पिक सिकाईको माध्यमलाई अवलम्बन गर्ने भन्दै बिदा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्