शिवपुरीमा भवन उद्घाटन कार्यक्रम स्थगित



नुवाकोट, पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिकाको भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ।

कोरोना संक्रमण वृद्धिसंगै २५ जना भन्दा बढी भेला हुन नपाइने जिल्ला प्रशासन कार्यलय नुवाकोटको निर्देशन अनुसार भवन उद्घाटन कार्यक्रम स्थगित भएको गाउँपालिकाको कार्यालय शिवपुरीले जनाएको छ।

यसअघि यहीँ पुस ३० गते पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख उपस्थितिमा भवन उद्घाटन गरिने गाउँपालिकाले जनाएको थियोे ।

प्रतिक्रिया दिनुहोस्