एमाले प्युठान अध्यक्षमा विस्ट बिजयी



प्युठान,पुस २६ । नेकपा एमाले प्युठानको नवौँ अधिबेशनबाट अध्यक्षमा बिजय बिराज बिस्ट निर्वाचित भएका छन् । सोमबार दिउसो आएको परिणामअनुसार खसेको कुल ५१० मतमध्ये बिस्टले ३ सय १४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । बिस्ट एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य समेत हुन ।

उनका प्रतिद्वन्द्वी नेहरसिंह केसीले १७६ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा सरुमारानी गाउँपालिकाका अध्यक्ष समेत रहेका झग बहादुर बिश्वकर्माले २ सय ९५ मत ल्याउँदै विजयी भए । प्रतिद्वन्द्वी मुक्ती पोख्रेलले १ सय ७९ मत प्राप्त गरे । सचिवमा नेगनसिंह कुवरलाई पराजित गर्दै माधब शर्मा विजयी भए । शर्माले २ सय ७२ मत ल्याउँदा कुंवरले १ सय ८६ मत ल्याए ।

उपसचिवमा माण्डवि गाउपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ र दिपा घर्तीले ३ सय ८४ मतका साथ विजयी भए । उप-सचिवका अर्का प्रत्याशी बिनोद ओलीले १ सय ७१ मत ल्याए ।खुल्ला दलित सदस्यमा राजेन्द्र गौतमले २७९ र पुर्ख सिंह सुनारले १७६ मत ल्याएर बिजयी हुनुभयो। निकटम प्रतिद्वन्द्वी गिर बहादुर सुनारले जम्मा ९२ मत पाए।जिल्ला पदाधिकारी र खुल्ला दलित सदस्यका लागि शनिबार मतदान भएको थियो । अन्य पद सर्बसम्मत भएको छ । एमाले जिल्ला कमिटी ९० सदस्यको छ ।

प्रतिक्रिया दिनुहोस्