शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,पुस २६ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार बिहान स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ पुष्टि भएको मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले बताए ।
रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गराएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।