नेकपा एकीकृत समाजवादी नुवाकोट पञ्चकन्या वडा नम्बर ३ को भेला सम्पन्न



नुवाकोट,पुस २४ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ।

शनिबार एक समारोहका बीच कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी नुवाकोटले जनाएको छ। सो कार्यक्रममा प्रमुख अथिति पुर्व सांसद राजेन्द्रप्रकाश लोहनी रहेका थिए ।

नेता लोहनीले वडा भेलालाई सम्बोधन गर्दै केपि ओलीले कम्युनिस्ट आन्दोलनको बाटो छोडेकाले नयाँ समाजवादी पाटी गठन गरिएको बताए । कार्यक्रममा अन्य अतिथिहरुमा वाग्मती प्रदेश कमिटी सदस्य राजेस थापा ,राम थापा, सुर्य कडेल, जिल्ला कमिटी सचिव पदम उप्रेती , जिल्ला कमिटी सदस्य अर्जुन कार्की , श्रीकृष्ण खतिवडा , गणेश थापा, युवा नेता दिपेश चित्रकार , उतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे

सो वडा स्तरीय भेलाले वडा कमिटीको अध्यक्षमा सिताराम थापालाई चयन गरेको छ। वडाको उपाध्यक्षमा चित्रलेखा थापा र मैया कुमारी थापा, सचिवमा सुरेश अधिकारी (रबिन्द्र), र उपसचिव कान्छीमाया तामाङ्गसहित २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । साथै युवा संघको कमिटीमा अध्यक्ष बिनोद थापा, उपाध्यक्ष प्रसन तामाङ्ग र बिशन थापा, सचिवमा पुजन प्याकुरेल र उपसचिव प्रदिप थापा रहेको युवा संघ नेपालको ९ सदस्यीय वडा कमिटी पनि गठन गरेको छ। साथै अखिल नेपाल महिला संघको अध्यक्ष सरिता थापा, उपाध्यक्षमा मैयाँ थापा र सचिवमा तुलसा थापासहित ५ सदस्यीय समाजवादी महिला संगठनको वडा कमिटी पनि गठन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्