एमाले विरुद्ध चौतर्फी घेराबन्दी गरियो : उप–महासचिव ज्ञवाली



नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले नेकपा एमालेलाई समाप्त पार्न चौतर्फी घेरावन्दी गरिएको बताएका छन् । एमाले प्युठानको नवौं जिल्ला अधिबेशनलाई बिजुवारमा सम्बोधन गर्दै नेता ज्ञवालीले एमालेविरुद्ध अदालत, सभामुख, निर्वाचन आयोग देखि संवैधानिक आयोगसम्मलाई दुरुपयोग गरिएको आरोप लगाए । महाभारत कथाको उदाहरण दिदै उनले भने,’ महाभारतमा अभिमन्युलाई समाप्त पार्न सात ओटा सेनापतीले चक्रब्यु रचेर हत्या गरेका थिए,त्यसैगरी एमाले विरुद्ध घेराबन्दी गरियो।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता ज्ञवालीले एमालेलाई समाप्त गर्न उग्रबामदेखी उग्रदक्षिण सम्म एक ठाउँ आईपुगेको जिकिर गरे। देशभर नेकपा एमाले प्रतिको आकर्षण अभुतपुर्ण तरिकाले बढेको ज्ञवालीको भनाई छ। उनले एमालेसंगै एक्लै चुनाब लड्ने हैसियत कुनै दलले पनि नराख्ने  ज्ञवालीले ठोकुवा गरे । एमाले गठबन्धनमा बिस्वास नगर्ने समेत भनाई राखे । उनले नेपाली कांग्रेस नेतृत्वको पाच दलिय गठबन्धनलाई अबसरबादिको संज्ञा दिए । ज्ञवालीले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको समेत सुनाए ।

हाल अधिवेशनको खुल्ला सत्र जारी छ। कार्यक्रमलाई ज्ञवाली सहित नेकपा एमाले स्थायी कमिटि सदस्य मणीचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हरीप्रसाद रिजाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबारदेखि सुरु जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५ सय ५० प्रतिनिधि सहभागी हुने एमाले प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्