कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले धोका दिए : सचिव रायमाझी
अर्घाखाँची,पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अनैतिक काम गरेको बताउनुभएको छ ।
शुक्रबार नेकपा एमाले अर्घाखाँचीको आठौ जिल्ला अधिबेशनको उद्घाटन समारोहलाई सन्धिखर्कमा सम्बोधन गदै सचिब रायमाझीले कम्युनिस्ट आन्दोलनलाई धोका दिएर माओवादी केन्द्रका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर हुन गएको आरोप लगाए। सचिब रायमाझीले ’दाहाल र माधब नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त छाडेर कांग्रेसतिर लागेकाले उनीहरूको पछि लाग्ने नेता कार्यकर्ताको भविष्य नभएको उनले बताए।
अब हुने राष्ट्रियसभा चुनावमा आफुहरु कुनैपनि हालतमा नहार्ने उनले बताए। एमालेसँग एक्लै भिड्ने हैसियत नभएपछि ५ दलीय गठबन्धन गरेको बताउदै अबको चुनाबमा नेकपा एमालेले देशभरि जित्ने दाबी समेत गरे। जिल्ला अधिबेशनलाई सफल बनाउन जिल्लाका ६१ वडाबाट प्रतिनिधि सन्धिखर्क आएका छन्। अधिबेशनले जिल्ला नेतृत्व चयन गर्ने छ।