ओमिक्रोनको बिरामी वृद्धिसंगै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
काठमाडौं, पुस २३ । ओमिक्रोनको वृद्धि संगै भेरियन्ट थप बढ्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ ।