टोखास्थित बौडेश्वर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं,पुस २० । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव सम्पन्न भएको छ।

मंगलबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन।

कार्यक्रममा नगरका उपमेयर ज्ञानमाया डङोल, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारी, छिमेकी विद्यालय झोर महाङ्काल विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल, पूर्व शिक्षक,भूतपूर्व विद्यार्थी लगायतको समेत उपस्थिति रहेको थियोे ।

वार्षिकोत्सब समारोहमा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले समाज परिवर्तनको निम्ति स्थानीय स्तरमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताए। मेयर अधिकारीले पछिल्लो समय सामुदायिक विद्यालयप्रतिको अभिभावकको आकर्षण बढ्दै गएकाले आफ्नो स्थानबाट शिक्षक वर्गले महत्त्वपूर्ण योगदान दिन तत्पर रहनुपर्ने बताए ।

सो समारोहमा विद्यालयका भूतपूर्व शिक्षकलाई सम्मान गरिएको थियोे। कार्यक्रममा विद्यालयका तर्फबाट विविध मनोरञ्जनात्मक प्रस्तुति समेत राखिएको थियोे।

प्रतिक्रिया दिनुहोस्