शहरी मन्त्रालयमा भद्रगोल र जथाभावी सरूवा : झाक्रीको निर्णय दुई महिना पनि टिकेन !
काठमाडौं,पुस १९ । नव नियुक्त शहरी विकास मन्त्री रामकुमारी झाक्री २०७८ कात्तिक २८ गते आफैंले गरेको कर्मचारी सरुवाको निर्णयबाट पछि हटेकी छिन । मन्त्रालयका १८ जना कर्मचारीको विभिन्न निकाय, आयोजना, कार्यालयमा सरुवा गरेकी झाक्रीलेती मध्ये चार जना कर्मचारीको दुई महिना नपुग्दै पुन सरुवा गरेर सिंगो मन्त्रालयलाई बदनाम गराएकी छिन । आफूले गरेको निर्णयमा दुई महिना पनि मन्त्री झाक्री टिक्न नसकेकोमा मन्त्रालयका कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन ।
त्यति मात्र कहाँ हो र मन्त्री झाक्री सचिव मणिराम गेलाललाई पनि सरुवा गर्न तम्सिएको समाचारस्रोतले बताएको छ । मन्त्रालयभित्र रहेका आर्थिक अपारदर्शिता र बढ्दो बेतिथी रोक्न सचिव गेलालले अग्रसरता र रुची देखाउन थालेपछि मन्त्री झाक्रीका आसेपासेहरुमा छटपटी बढ््न थालेपछि सचिव सरुवाको चाँजोपाँजो मिलाउन थालिएको मन्त्रालयस्रोत बताउँछ । आरजु राणा निकट विवादस्पद चरित्रका गोपाल सिग्देललाई शहरी विकास सचिव बन्नका लागि मन्त्री झाक्रीले प्रस्ताव गरिसकेको पनिसमाचारस्रोतको दावी छ ।
दुई महिना नबित्दै कर्मचारी सरुवा
शहरी विकास तथा भवन निर्माण विभागमा नौ महिना मात्रै नेतृत्व गरेका ई. नवराज प्याकुरेललाई मन्त्रालयमा तानेको दुई महिना नबित्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजना प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यस्तै दुई महिना अगाडि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुख बनाएर पठाइएका दिलीप भण्डारीको सरुवा मन्त्रालयमा गरिएको छ ।
त्यस्तै प्रदीपकुमार खनाललाई संघीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट विभागमा सरुवा गरेको थियो । उनको पनि दुई महिना नबित्दै पुन जनपुरमा नै सरुवा गरिएको छ । सिडिई सचिन्द्रकुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सरुवा गरेर सप्तरी पु¥याइएको थियो । उनको अहिले मन्त्रालयमा सरुवा गरिएको छ । नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट रोशन श्रेष्ठलाई संघीय आयोजना कार्यान्वयन इकाई मोरङ लगिएको थियो । उनको पनि दुई महिना नहुँदै मन्त्रालयको योजना शाखामा सरुवा गरिएको बताइएको छ । श्रेष्ठ लकलाडनको समयमा पुरै शहर ठप्प हुँदा सरकारी गाडीमा युवती बोकेर स्वयम्भुमा पुगी रमाइलोगरिरहेको समयमा पत्रकारहरुलेफेला पारेर आपत्तिजनक भिडियो भाइरल बनाएका थिए ।
प्राय कर्मचारीहरू कार्यसम्पादन र मूल्याङ्कनको आधारमा सरकारले फेरबदल र सरुवा गर्ने गर्दछ । आयोजना प्रमुख र कार्यालय प्रमुखहरूको सरुवा गर्ने प्रचलन सरकारी निकायमा यही नै रहँदै आएको छ । तर, मन्त्री झाक्रीलेयो परम्परालाई लत्याउँदै मनलाग्दी रुपमा सरुवा गरेको गुनासो कर्मचारीले गर्दै आएका छन । मन्त्री झाक्रीको ध्यान विकास निर्माणतर्फ भन्दा पनि कर्मचारी सरुवातर्फ बढ्ता रुची गएको देखेपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले यो गुनासो पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पु¥याइसकेकोस्रोत बताउछ । छ महिनाको लागि भनेर मन्त्री बनाइएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको जति पनि देखिने गरी मन्त्री झाक्रीले काम गर्न नससकेको गुनासो कार्यकर्ताले गर्न थालेका छन् । झाक्रीको मन्त्री पद अब मेटमणि चौधरीलाई दिनुपर्ने आवाज पनि समाजवादी भित्र उठ्न थालेको बताइन्छ ।
मन्त्रालयभित्रका इमान्दारलाई पाखा लगाउँदै सुब्बास्तरका कर्मचारीलाई सचिव होइन मुख्य सचिवको हैसियत दिएर मन्त्री झाक्रीले जिल्ला भ्रमणमा लाग्नुले पनि उनको सोच शैली र नियत स्पष्ट भइसकेको कर्मचारी चर्चा गर्दछन् । चार–पाँच दिनदेखि कर्मचारीको लर्कोसहित लुम्बिनी प्रदेश भ्रमणमा निस्किएकी मन्त्री झाक्री संघीय राजधानी फर्किने अझै टुङ्गो छैन ।