अध्यक्ष प्रचण्डद्वारा २ सय ३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव



काठमाण्डौं,पुस १८ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय  ३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २ सय  ३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । माओवादीको केन्द्रीय समिति २ सय  ९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ ।

यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ । सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गर्नुभएको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्