प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा दुवाडी



धादिङ,पुस १७ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेला सम्पन्न भएको छ।

नेकपा (एकीकृत समाजवादी) समर्थित शिक्षकहरुको भेलाले परशुराम दुवाडीलाई अध्यक्षमा निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा जानुका खनाल, केशव रुपाखेती सचिवमा नवराज गिरी, सह सचिवमा नरबहादुर घले, चन्द्रबहादुर राई, धनबहादुर अधिकारी, रन्जनकुमार सुवेदी एवम् कोषाध्यक्षमा गायत्री अधिकारी, ओमबहादुर श्रेष्ठसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

कार्यक्रम संगठनकाे केन्द्रिय सदस्य सराेज खतिवडाकाे अध्यक्षतामा भएको थियोे। वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पाेलिटब्युराे सदस्य गुरु वुर्लाकाेटी,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे ,महासचिव हरिदेव यादव,सचिव जनक देवकाेटाकाे विशेष आतिथ्यतामा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्