प्युठान माण्डवीमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम



प्युठान,पुस १६ । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विद्यालय,क्याम्पस तथा समुदाय स्तरीय सचेतनामूलक कार्यक्रम शुक्रबार माण्डबी माद्यमिक विद्यालय नयाँगाउमा सम्पन्न भएको छ । प्यूठान बिकास सरोकार कोद्र प्यूठानको आयोजनामा अहिले प्यूठान जिल्लाका बिभिन्न बिद्यालय, क्याम्पस तथा समुदायमा स्तरमा यस खाले सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको प्यूठान सरोकार केन्द्र प्यूठानका अध्यक्ष प्रनिर अधिकारीले जानकारी दिए ।

शुक्रबार माण्डबी माबि नयाँगाउमा अध्यनरत कक्षा ९ देखि १२ सम्मका करिब ९० बढी बिद्यार्थीलाई सचेतनामूलक कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि प्रशिक्षण गरिएको प्यूठान सरोकार केन्द्र प्यूठानका उपाध्यक्ष यादब पण्डितले जानकारी दिए ।

कार्यक्रममा महिला प्रजनन अंग , महिला प्रजनन प्रणाली , पुरुष प्रजनन प्रणली,यौनजन्य रोगहरु लगायको बिषयमा अन्तरक्रियात्कम सहजिकरण गरिएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला अस्पताल प्यूठानका डा.सञ्जय कक्षपति र पारुल खड्काले गरेका थिए ।

विद्यालय स्तरिय कार्यक्रममा जिल्ला अस्पताल प्यूठान का डा. को उपस्थितिले बिद्यार्थी र अस्पतालको सम्बन्धमा पनि प्रगाड आउने अपेक्षा गरिएकोे प्यूठान बिकास सरोकार केन्द्र प्यूठानका उपाध्यक्ष पण्डितले जानकारी दिए । प्यूठान सरोकार बिकास केन्द्रले पहिलो चरणमा जिल्लाका बिभिन्न बिद्यालय र क्याम्पस गरि ६ वटा शैक्षिक सस्थामा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिसकेको उपाध्यक्ष पण्डितले बताए । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम प्यूठान जिल्लाका दुर्गम क्षेत्रमा रहेका बिद्यालयमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्