नुवाकोटको त्रिशुली अस्पताल पुनः देशभरकै उत्कृष्ट अस्पताल



नुवाकोट,पुस १४ । जिल्लाको त्रिशुली अस्पताल ९४ % अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालले यो दोस्रोपटक उत्कृष्ट अस्पतालको अङ्क ल्याउन सफल भएको हो।

वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार अस्पतालमा आयोजना गरेको कार्यक्रममा त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको छ ।

त्रिशुली अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९४ अंक प्राप्त गरि देशकै पहिलो अस्पताल बनेको हो । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्