नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला
नुवाकोट,पुस १४ । नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला भएको छ। झण्डै डेढवर्षपछि नुवाकोट कोरोना संक्रमणमुक्त बनेको हो ।
जिल्लामा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएपछि नुवाकोट जिल्ला कोरोना संक्रमणमुक्त बनेको हो । जिल्लामा उपचाररत दुईजना कोरोना संक्रमित बुधबार निको भएसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ८ हजार ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ३ सय ३० जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये जिल्लामा ५२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।