खुल्यो प्रावि तहको विज्ञापन, नुवाकोटमा मात्र २९९ शिक्षक माग (देशभरको माग संख्यासहित)
नुवाकोट,पुस १४ । शिक्षक सेवा आयोगले बुधबार प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ विज्ञापन गरेको छ । आयोगले १३ हजार ९३ पदका देशभरका लागि विज्ञापन गरेको हो ।
आयोगका अनुसार नुवाकोटमा २९९ जना शिक्षक माग गरिएको छ। वाग्मती प्रदेश अन्तर्गत काठमाडौंमा भने शिक्षक माग गरिएको छैन। त्यस्तै रसुवामा ६३ जना शिक्षक माग गरिएको छ भने सिन्धुपाल्चोकमा ३१६, धादिङमा २२५,दोलखामा २५१, रामेछापमा १६४ जना शिक्षक माग गरिएको छ। विस्तृत विवरण तथा शिक्षक विज्ञापन आजको गोरखापत्र र आयोगको वेबसाइटमा समेत उपलब्ध छ ।
इच्छुक उम्मेदवारले आजकै मितिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ ।
सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जनाएको छ ।
आयोगले आगामीमा चैत्रमा सबै तहको लाइसेन्सको विज्ञापन गर्ने तयारी समेत गरिरहेको जनाएको छ।
वाग्मती प्रदेश स्तरीय शिक्षक विज्ञापन संख्या हेर्नुस्
देशभरको शिक्षक संख्या माग हेर्नुहोस