वाग्मती प्रदेश राप्रपाको प्रवक्तामा नुवाकोटका बिष्णुप्रसाद सापकोटा



नुवाकोट,पुस १२ । वाग्मती प्रदेश राप्रपाको प्रवक्तामा नुवाकोटका बिष्णुप्रसाद सापकोटा मनोनीत भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मती प्रदेशले नुवाकोटका बिष्णुप्रसाद सापकोटालाई प्रवक्तामा मनोनित गरेको हो ।

केहि समय अगाडी हेटौडामा भएको प्रदेश अधिवेशनमा सदस्यमा निर्वाचित भएका सापकोटालाई प्रदेशको बैठकले प्रवक्तामा मनोनित गरेको हो । 

प्रदेश अधिवेशनमा निर्वाचित ३५ सदस्यहरुले पदाधिकारी चयन गर्ने निर्णय अनुसार सापकोटालाई प्रवक्तामा चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । नुवाकोटका जनताको पक्षमा अग्रसर सापकोटा २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा तत्कालीन नुवाकोटको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्