नुवाकोट पञ्चकन्याका सबै वडामा वर्थिङ सेन्टर स्थापना



नुवाकोट,पुस १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर – २ कविलासमा सातौं बर्थिङ सेन्टर स्थापना गरिएसँगै सो गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टरको सेवा विस्तार भएको हो । स्थानीय सरकार गठन भएपछि गर्भवती तथा सुत्केरी महिला एवम् नवजात शिशुको जीवन रक्षाका लागि गाउँपालिकाले हरेक वडामा वर्थिङ सेन्टर स्थापनाको अभियान थालेको थियो ।

गाउँपालिकाका २ वडामा रहेका सबै स्वास्थ्य चौकीमा तालिम प्राप्त दक्ष प्रसुतीकर्मी, सुत्केरी गराउने साधन, औषधिसहितको बर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताए । वडा–वडामा बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित हुँदा स्थानीय उत्साहित देखिएका छन् ।

गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना अभियानलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्