राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शङ्कर पोखरेल



काठमाडौं,पुस ११ । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् ।

आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको भन्दै यसमा दलहरू लाग्नुपर्ने बताए ।

‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्थे- एउटै व्यक्तिले तीन तीन वटा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसाबले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’

प्रतिक्रिया दिनुहोस्