आलोचनाको जवाफ काम र नतिजाबाट देखाउछौ : मुख्यमन्त्री पाण्डे



धादिङ,पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रीपरिषदले पुर्णता पाएसंगै अब नतिजामुखी काम गरेर देखाउने बताएका छन् । अहिले केही मन्त्रालय फुटाएको विषयमा सार्वजनिक रुपमा भएको आलोचनालाई शब्दले प्रतिक्रिया दिएर होइन काम र नतिजाबाट जवाफ दिने मुख्यमन्त्री पाण्डेले बताए।

भुमेस्थान साना किसान कृषि सहकारी संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले बिदेश जाने युवा जनशक्तिलाई कृषिमा आधुनिकिकरण गर्दै नेपालकै राेजगारी श्रृजना गर्न सहकारीले योगदान गर्ने बताए । एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डेले शनिबार नै गल्छी गाउँपालिका वडा नम्बर ८ को कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रूपाखेतीले सहकारीहरूले जनताकाे आर्थिकस्थर उकास्न महत्त्वपूर्ण भुमिका खेलेकाे बताए ।सहकारीका अध्यक्ष  कृष्णबहादुर थापाको कार्यक्रममा वडा अध्यक्षहरू र सरोकारवालाहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्