१ रन जोड्न ४ विकेट गुमाएपछि १४३ रनमै अलआउट भयो नेपाल, बंगलादेश १५४ रनले विजयी



काठमाडौं,पुस १० । १ रन जोड्न ४ विकेट गुमाएपछि नेपाल बंगलादेशसंग १५४ रनले पराजीत भएको छ। अण्डर नाइनटीन एशिया कप अन्तर्गत भएको खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियो। ५० ओभरमा ४ विकेट गुमाएर २९७ रन बनाएको बंगलादेशले नेपाललाई जितका लागि ठूलो लक्ष्य दिएको थियो।

२९८ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालको शुरुवात र अन्त्य दुवै खराब रह्यो। ५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ८१ रन जोड्दासम्म ६ विकेट गुमाइसकेको थियो।

गुल्सन झा र विवेक यादवले ६१ रनको साझेदारी गर्दै नेपालको सम्मान जनक स्कोर बनाएपनि अन्तिममा १ रन जोड्न बाँकी ४ विकेट गुमाएपछि भने नेपाल ४२ दशमलव ३ ओभरमै अलआउट भएको हो। ४० दशमलव ५ ओभरमा विवेक यादव आउट भएपछि नेपालले थप १ रन मात्र जोड्न बाँकी ३ विकेट गुमाएको हो।

बंगलादेशको ब्याटिङमा प्रान्तिक नबिलले अविजित १२७ रनको शतकीय पारी खेलेपछि नेपालले २९८ रनको विशाल लक्ष्य पाएको थियो।
 
बंगलादेशका लागि एमडी फाहिमले ५८ रन जोड्दा नेपालले २९ रन अतिरिक्त दिएको थियो। नेपालको बलिङमा गुल्सन झा, तिलक भण्डारी र मोहम्मद आलमले १/१ विकेट लिएका थिए।जवाफी ब्याटिमा आएको नेपालले ओपनर अर्जुन कुमाललाई ५ रनमा गुमाउँदा अर्का ओपनर देव खनाललाई १२ रनमा गुमाएको थियो।

आठौ नम्बरमा ब्याटिङमा आएका गुल्सन झा रन आउट हुनु अघि २८ बलमा ३५ रन बनाएका थिए। जुन नेपालको सर्वाधिक व्यक्तिगत रन थियो।

६० बलमा ३३ रन बनाएका विवेक मगर पनि रन आउट हुँदा २६ रन बनाएका विवेक यादव क्याच आउट भएका थिए।  अर्जुन साउदले १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बंगलादेशको ब्याटिङमा तान्जिम हसन, रकिबुल हसन, एसएम मेहेरोब र नामिर रहमानले समान २/२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्