केपि ओली गफाडी भैसके, ‘बा’ भन्दिए पुग्छ : अध्यक्ष नेपाल



सल्यान,पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी भएको बताएका छन् । जनतालाई आश्वासन दिने तर जनभावना विपरीत काम गर्ने भएकाले ओली गफाडी नै भएको उनले बताएका हुन । पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताएका छन् । ‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुइतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उनले भने ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिष्टको खोल ओडेर ओलीले यसरी गफ लगाउदैँमा कम्युनिष्ट हुन नसक्ने ज्नको भनाई छ ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सुर्य चिन्हमा ग्रहण लागेको बताए । पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उनले बताए । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याणहुनेछ’ उनले भने ‘पार्टी प्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुर्नगठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’

नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताए । ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिक हो’ उनले भने। आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबिच गठबन्धन हुने बताउदैँ उनले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गरे । फरक प्रसंगमा उनले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्लाभएको बताएका छन् । जिल्लामा उत्पादनहुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उनले दाबी गरे । उनले जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताएका छन् ।

यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबैमा आग्रह गरेका छन् । केही कार्यकर्ताहरु बिभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि बिस्तारै उनीहरु पनि आफ्नो भबिष्य सुनिश्चितको लागि कलम चिन्हभित्र गोलबद्ध हुनुपर्ने उनले बताए ।

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज शेर बहादुर केसी, प्रदेश अध्यक्ष अम्मर बहादुर थापा, केन्द्रिय सदस्य धिरेन्द्र श्रेष्ठ, भद्रसिंह बुढा, शारदा परियार, लक्ष्मण केसी, मोहन गौतम लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर दुइ सय बढी नेताकार्यकर्ताहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष उदय बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव भोला केसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रमेश गौतमले गरेका थिए ।

जनताको भावनाअनुसार एमसीसी पास वा फेल
नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताएका छन् । शुक्रवार बिहान समाजवादी प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने बताए । एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई छ ।

समाजवादी प्रेस संगठन नेपाल सल्यानको अध्यक्षमा पुन समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको अध्यक्षतामा २ सदस्य पछि थपगर्ने गरी १५ सदस्यीय जिल्ला कार्यसमिती घोषणा गरिएको हो । जसको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा गिरी तथा कोषाध्यक्षमा महेश कुमार वली रहेका छन् । यस्तै सदस्यहरुमा सुनिल वली, लिला कुमारी वली, सुरेन्द चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनुनिश्चल बिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्