नुवाकोटका ५ विद्यालयलाई रुम टु रिड र रुडेक नेपाल को सहयोगमा साक्षरता कार्यक्रम हस्तान्तरण



नुवाकोट,पुस २ । जिल्लाको विभिन्न ठाउँमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा ४ विद्यालयलाई साक्षरता कार्यक्रम हस्तान्तरण गरिएको छ।

शुक्रबार विभिन्न स्थानीय तहमा संचालित साक्षरता कार्यक्रम विद्यालयलाई हस्तान्तरण गरिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताए।

रुम टु रिड र रुडेक नेपालको सहकार्यमा संचालित साक्षरता कार्यक्रमहरुमा तादी गाउँपालिकाका सरस्वती आधारभूत विद्यालय, विदुर नगरपालिकाको चण्डेश्वरी माध्यमिक विद्यालय, तारकेश्वर गाउँपालिकाको भमरा आधारभूत विद्यालय, शिवपुरी गाउँपालिकको बच्छला आधारभूत विद्यालय र सुर्यगढि गाउँपालिकाको जालपादेवि आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको हो।

रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले यस्ता कार्यक्रमले साक्षरता सम्बन्धि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । साथै केसीले साक्षरता कार्यक्रम निकट रहेर सहयोग गर्ने सम्बन्धित विद्यालय, संघ, संस्था प्रतिनिधि सबैप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्