दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त भन्नेबारे निर्णय हुन बाँकी
काठमाडौं, पुस २ । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ ।
६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता प्रकृतिका व्यक्तिलाई बुस्टर मात्रा लगाउने कि अतिरिक्त मात्रा भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाएको छ ।
दुई दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा। संगीता कौशल मिश्रले कुन मात्रा कसरी र कुन समयमा लगाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताईन । उनले भनिन– ‘खोप सल्लाहकार समितिले कार्यविधि तयार गरिरहेको छ । सो कार्यविधि सार्वजनिक भएपछि मात्रै निर्णय हुनेछ । एकरदुई दिनमै हामी निर्णय गर्नेछौं ।’
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ७७ मुलुकमा तीव्र गतिमा फैलिरहेको अवस्थामा त्यसबाट जोगिन खोपको अतिरिक्त मात्रा आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले भनिरहेका बेलामा सरकारले खोपको बुस्टर वा अतिरिक्त मात्रा दिने तयारी गरेको हो ।
हाल नेपालमा ९३ लाख ६५ हजार ९ सय १५ जनाले पूर्ण मात्रा खोप अर्थात् खोपको दुई मात्रा लगाइसकेका छन् । १ करोड १६ लाख २९ हजार ६ सय २१ जनाले भने एक मात्रा मात्रै लगाउन पाएका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।