ओली पक्षकै नेताले गरे बैठक बहिस्कार



विराटनगर,पुस १ । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् ।

पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयाेजना गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्