ज्ञानेन्द्रसँग पाँच बुँदे सहमतिबारे प्रमाणित गर्न प्रचण्डले दिए ओलीलाई चुनौती
काठमाडौं, पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमतिबारे प्रमाणित गर्न चुनौती दिएका छन् ।
बिहीबार प्रेस वक्तव्यमार्फत् प्रचण्डले ओलीलाई उक्त आरोप प्रमाणित गर्न नसके जनतासँग झुट बोलेकोमा माफी माग्न समेत भनेका छन् ।
बुधबार ओलीले प्रचण्डमाथि ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए । २०६० साल मंसिर १८ मा सहमति गरेको उल्लेख गर्दै ओलीले बोलेपछि राजनीतिक तरंग आएको थियो ।