कोरोना अपडेट: थप २८० जनालाई कोरोना संक्रमण, ३ सय डिस्चार्ज, ६ जनाको मृत्यु



काठमाडौं,मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९४ जनाको कोरोना परिक्षण गरिएको छ । ९ हजार २ सय १२ जनाको पिसिआर र २ हजार ७८० जनाको एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गरिएको थियो ।

त्यसमध्ये २८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । यस्तै ३ सय जना कोरोना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

६ जनाको २४ घण्टाका कोरोना संक्रमणबाट मृत्यु भएको छ ।२५ सय २३ जनाले कोरोना विरुद्धको खोप लगाएको छ ।  

प्रतिक्रिया दिनुहोस्