कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा
काठमाडौं, मंंसिर २९ । कुशल राजनीतिज्ञ शेरबहादुर देउवाले नेपाली काँग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन् । छात्र सङ्घबाट उदाएका देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन ।
डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मेका देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गरे ।
विद्यार्थी जीवनबाटै राजनीति सुरु गरे देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताए । देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । विसं २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल भए। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुग्थे ।
कांग्रेसको केन्द्रीय सदस्यमा रहँदै आएका देउवा विसं २०५७ मा पोखरामा भएको कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गरे । कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गरे ।
(प्रजातान्त्रिक)को सभापति भएका कारण कांग्रेसको ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा रहेनन् । २०६२/६३ को आन्दोलनपछि दुवै पार्टी एक भएपछि १२औँ महाधिवेशनमा देउवा पुनः सभापतिको उम्मेदवार बने । सो महाधिवेशनमा सुशील कोइरालासँग उनको प्रतिस्पर्धा भयो । कोइरालाले एक हजार ६५२ र देउवाले एक हजार ३१७ मत प्राप्त गरेर उपविजेतामा चित्त बुुझाउनुुप¥यो । दुुई नेताबीच ३३५ मतको अन्तर थियो ।
सभापति सुशील कोइरालाको निधनपछि २०७२ फागुुनमा भएको १३औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरे । पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुुग्नलाई ११ मत कम भएपछि दोस्रो चरणको मतदान भएको थियो ।
त्यसमा देउवाले नेता पौडेललाई ५२६ मतान्तरले सभापतिको शिखर चुम्न सफल भए । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा काँग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।