नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित



काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसको सभापतिमा दोस्रो पटक पनि शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

गत शुक्रवारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।उनलाई सभापति पदका लागि २ हजार ७३३ मत  प्राप्त भयो भने  प्रत्याशी शेखर कोइरालालाई १हजार ८५५ मत प्राप्त भयो

निर्वाचन समितिका अनुसार तर अन्तिम आधिकारिक मत घोषणा गर्न भने बाँकी छ ।  दोस्रो पटकको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको छ । निर्वाचनमा ३५ मत बदर भएको छ ।

पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँच जना उमेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाक बीच मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्