काङ्ग्रेस महाधिवेशन: किन टाढिए ११८ जना मतदाता
काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा शएक सय १८ जना अनुपस्थित भएका छन् ।
उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल मतदातामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।