स्थानीय सरकारले संघियताको अनुभूति हुने गरि काम गर्नुपर्छ : आचार्य
अर्घाखाँची,मंसिर २८ । लुम्विनी प्रदेशसभा सदस्य चेतनारायण आचार्यले सिहंदरबारको अधिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गदै आचार्यले संघीयताले सिंहदरवारको अधिकारलाई गाउँ तहसम्म ल्याएको अनुभुति दिलाएर स्थानिय सरकारले काम गर्न समेत आग्रह गर्नुभयो। उहाले मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनुभएका उहाँले तोकिएकै समयमा सुविधा सम्पन्न भवन निर्माण गर्न गाउँपालिका सफल भएको बताउँदै सरल र सहज सेवा प्रदान गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिनुभयो। साथै नेता आचार्यले आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकासका निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
खनदह बजार नजिकै निर्माण भएको प्रशासकिय भवन करसहित ३ करोड २८ लाख, २ हजार, नौ सय सन्ताउन्न रुपैयाँमा सम्पन्न भएको हो । जयमाता इन्जिनियरिङ्ग कन्स्ट्रक्सन लिमिटेड र खाँची निर्माण सेवा काठमाण्डौले भवन निर्माणको जिम्मा पाएको थियो । भवन उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क., धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि सांसद आचार्यले गाउँपालिकाले निर्माण गर्न लागेको भागिरथि स्मृति प्रतिष्ठान केन्द्रको शिलान्याश गर्नुभयो भने जडिबुटी संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन समेत गर्नुभएको थियो । गाउँपालिकाका योजना अधिकृत नेत्र प्रसाद खनालले प्रशासकीय भवन निर्माण गर्न लागेको बजेटका बारेमा प्रष्ट पार्नुभएको थियो ।