वाग्मती प्रदेशमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडौं,मंसिर २८ । वाग्मती प्रदेशमा मंगलबार ५ जना मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री परिषद विस्तार गर्दै ५ मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।
खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं, श्रम, रोजगार तथा यातायात मन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, वन तथा वातावरणमन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल रहेका छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत
समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छिन् । उनलाई मूख्यमन्त्री पाण्डेले सपथ गराएका थिए । मन्त्री थपिएसंगै मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्री रहेका छन् ।