माओवादी केन्द्रद्वारा संसदीय बोर्डको गठन
काठमाडौं,मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा संसदीय बोर्डको गठन गरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।
संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगावै बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ ।
सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।