नुवाकोट पञ्चकन्याका विद्यालयलाई पोषण सम्बन्धि दुई दिने तालिम प्रदान



नुवाकोट,मंसिर २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विद्यालयलाई पोषण सम्बन्धि दुई दिने तालिम दिइएको छ। सो तालिम कार्डसन नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो।

राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत पोषण संवेदनशील साक्षरता सम्बन्धि दिइएको तालिम दुई चरणमा सकिएको हो। पहिलो चरणमा मंसिर २४ र २५ गते कालिका माध्यमिक विद्यालयमा १६ वटा विद्यालयका ३२ शिक्षक सहभागी थिए भने मंसिर २६ र २७ गते १४ वटा विद्यालयका २७ जना शिक्षक सहभागी रहेको पञ्चकन्या गाउँपालिका शिक्षा समितिका निरन्जन तिवारीले बताए।

तालीममा के कस्ता खानेकुरामा पोषक तत्व पाइन्छ र बालबालिकालाई कस्ता खाजाले दैनिक स्फुर्त बनाउन मद्दत गर्दछ भन्ने विषयमा तालिम तथा परामर्श दिइएको थियोे। गाउँपलिकाका कुल ३० वटा विद्यालयका ६० सहभागी शिक्षकलाई  प्रशिक्षकद्वय शम्भुप्रसाद  यादव र कृष्णप्रसाद लामिछानेले सहजीकरण गरेका थिए।

समापन समारोहमा पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, शिक्षा शाखा प्रमुख चक्रदेव जोशी, शाखा शिक्षा सहायक निरन्जन तिवारी, कार्डसन नेपाल का सहजकर्ता अनिता जिसि लगायतको सहभागिता रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्