गोरखामा करेन्ट लागेर १ मजदुरको ज्यान गयो



गोरखा,मंसिर २७ । जिल्लाको घ्याप्रिङ गाउँमा घर बनाउने क्रममा करेन्ट लाग्दा १ जना मजदुरको ज्यान गएको छ ।

गण्डकी गाउँपालिका २ को गण्डकी गाउँपालिका वडा नम्बर २ ताङलीचोक साँधीखोला बस्ने बर्ष २८ को टिकाराम थापाको घ्याप्रिङ गाउँ स्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको हो ।

भिर घाईते थापालाइ दिउसो २ बजेको करेन्ट लागेर गंभिर घाइते भएको र उनको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

घरमा रड राख्ने क्रममा बिद्युतको मुख्य लाईनमा रडले छुन पुग्दा थापालाई करेन्ट लागेको थियो । घटनाको सम्वन्धमा प्रहरी थप अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्