बागमती प्रदेश प्रमुख समक्ष जनजाती आयोगको प्रतिवेदन पेश



काठमाडौं,मंसिर २६ । आदिवासी जनजाती आयोगले आज आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्