नुवाकोट शिवपुरी वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादीद्वारा गाउँकमिटी गठन
नुवाकोट,मंसिर २६ । काठमाडौको उत्तरी भेगमा रहेको नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले शनिबार वडा कमिटी गठन गरेको छ।
महाकालीमा भेला भएको पार्टीमा आस्थावान नेताकार्यकर्ताहरुको भेलाले ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो । वडाको अध्यक्षमा राजन सापकोटा चयन भएका छन् । वडाको उपाध्यक्षमा दिपक थापामगर, कान्छा लामा, बिमला खड्का, सचिवमा सुरेन्द्र देबकोटा, उपसचिवमा राजन खतिवडा, मुरारी खड्का ,कमल तामाङ रहेका छन।
सो भेलाले १५ सदस्य युवा संघ र ११ सदस्यीय अखिल नेपाल महिला संगठन समाजवादी कमिटी समेत गठन गरेको छ । महिला कमिटीको अध्यक्षमा बिमला खड्का, उपाध्यक्ष ठुलीमैयाँ कडेल,सचिब सुदा थापा रहेका छन् । त्यस्तै भेलाले वडा नम्बर ५ युवा संघ नेपाल समेत गठन गरेको छ। कमिटीको अध्यक्षमा विषम तामाङ ,उपाध्यक्ष राम कुमार राना मगर सचिव सुनिल थापा उप सचीव कृष्ण तामाङ, करिश्मा खड्का रहेका छन।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज राजेन्द्रप्रकाश लोहनीको प्रमुख आथित्यता रहेको थियोे ।