नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ
नुवाकोट,मंसिर २४ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छन्। जिल्ला शाखा नुवाकोटको चौथौं अधिवेशनले शक्तिमाया तामाङलाई पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत गठन भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश डङ्गोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, शर्मिला थापामगर, मनिष नगरकोटी, सञ्जु तामाङ र भावना तामाङ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले संघीय प्रतिनिधिमा नवदिप श्रेष्ठ, गमला लामा र अनुजकुमार श्रेष्ठलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरतसन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ । फोनिज नुवाकोटको सल्लाहकारमा श्रीराम श्रेष्ठ र राजकृष्ण श्रेष्ठलाई चयन भएका छन् ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगरको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष तथा फोनिज नुवाकोटका सल्लाहकार नवदिप श्रेष्ठले आदीवासी जनजाति समुदायको भाषा, संस्कृति, रितिरिवाजलाई समेटी फोनिज नुवाकोटले दस्तावेज तयार पार्नुपर्ने बताए ।