एफएनसीसीआई र दराज नेपालबीच सम्झौता
एसएमईजका उत्पादनको निःशुल्क प्रचार गरिने
काठमाडौं,मंसिर २४ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)सँग जोडिएका साना तथा मझौला उद्योग (एसएमईज)का उत्पादनहरू दराज नेपालमार्फत निःशुक प्रचारप्रसार हुने भएको छ । यसका लागि महासंघले ई–कमर्श कम्पनी दराज नेपालसँग सम्झौता गरेको छ ।
महासंघले विशेषगरी एफएमईजका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय ग्राहकसम्म सहज रूपमा पु¥याउने उद्देश्यले दराजसँग सहकार्य गर्न लागेको हो । यस सम्बन्धमा बिहीवार एफएनसीसीआई र दराज नेपालबीच महासंघ सचिवालयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार महासंघमा दर्ता भएका साना तथा मझौला उद्योगले एक वर्षका लागि दराजको अनलाइन शपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनेछन् । साथै त्यसका लागि आवश्यक प्रचारप्रसार लगायत सुविधा समेत पाउने बताइएको छ । साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महŒवपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरुत्थानमा जोड दिएको छ ।
सम्झौता अनुसार साना तथा मझौला उद्योगलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्न सही शिक्षा र शीप समेत दराजले प्रदान गर्नेछ । दराजले विशेषगरी एसएमईहरूलाई महामारीको असरबाट पुनरुत्थान कार्यमा सघाउन विभिन्न विक्रेता केन्द्रित पहलको शुरुआत गरेको छ ।
सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमईज विक्रेता तथा ग्राहकलाई एकै ठाउँमा लिएर आउने र नेपालमा डिजिटलाइजेसन र ई–कमर्श क्षेत्रको वृद्धिलाई तीव्रता दिने बताइएको छ । दराजले हाल काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगञ्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी विक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी विक्रेताले नेपालका ४७ भन्दा बढी शहर÷बजारमा आफ्ना उत्पादन तथा सेवा पुर्याएका छन् ।
सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले दराजसँगको यो सहकार्य एसएमईजको पुनरुत्थानमा कोसेढुंगा सावित हुने बताए । दक्षिण तथा दक्षिण पूर्वी एशियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको अनलाइन शपिङ प्लाटफर्ममार्फत साना तथा मझौला उद्यमीहरूले आप्mना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म पुु¥याउन सक्ने उनको भनाइ छ । यो अवसरको भरपूर लाभ उठाउन उनले साना उद्यमीहरूलाई आग्रह समेत गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले एसएमईजको पुुनरुत्थानका लागि बजारीकरणमा सहयोग गर्ने क्रममा दराजसँग सहकार्य गरेको बताए । यसले साना तथा मझौला उद्योगका उत्पादनको राष्ट्रिय एवं अन्तरराष्ट्रिय बजारीकरणमा ठूलो सहयोग पुुग्ने उनको भनाइ छ । दराजका प्रबन्ध निर्देशक अहलरिङले यस सम्झौताबाट नेपालका अन्य क्षेत्रबाट थप विक्रेताहरूलाई दराजमा भिœयाउन र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने बताए । ‘एसएमईज क्षेत्रलाई अझै धेरै सहयोगको खाँचो छ,’ उनले भने, ‘त्यसैले हामी नेपालभरका साना व्यवसायको सशक्तीकरणका लागि काम गरिरहनेछौं ।’ आर्थिक अभियानबाट