भारतमा थपिए ९ हजार ४१९ जना कोरोना संक्रमित



नयाँ दिल्ली (भारत),मंसिर २४ । भारतमा बुधवार नौ हजार ४१९ जनामा कोरोना संक्रमण देखापरेपछि कोरोनाको कुल संक्रमितको संख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।

बुधवार कोरोना संक्रमणबाट १५९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या चार लाख ७४ हजार १११ पुगेको छ । भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जानकारी दिइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्