दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर लागाउनु सुरक्षित र प्रभावकारी
ब्रसेल्स (बेल्जियम),मंसिर २४ । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर मात्रा लगाउनु सुरक्षित र प्रभावकारी हुने यूरोपेली मेडिशिन्स एजेन्सी (ईएमए)ले बताएको छ ।
ईएमएको अघिल्लो निर्देशिकामा यो अवधि ६ महीना बताइएको थियो । हाल उपलब्ध डेटाहरुले शुरुआती चरणको खोपहरु लगाएको छिटोमा तीन महीनामा बुष्टर लगाउँदा सुरक्षित र प्रभावकारी हुने तथ्यलाई टेवा दिएको एईएमएका खोप रणनीति प्रमुख मार्को काभालेरीले भनेका छन् ।
जनस्वास्थ्यको दृष्टिकोणबाट शुरुआती चरणको दुई मात्रा र बुष्टर मात्राबीचको अन्तराल यो स्तरमा छोट्याउनु पर्ने उनको भनाइ छ । एजेन्सी