नुवाकोट शिवपुरीमा लैङ्गिक हिंसा विरुद्ध माध्यमिक स्तरीय वादविवाद सम्पन्न
नुवाकोट,मंसिर २३ । शिवपुरी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध माध्यमिक स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
बिहीबार गाउँपालिकाको सभा हलमा सम्पन्न प्रतियोगितामा भूमेदेवी माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा प्रथम हुन सफल सो विद्यालयका शर्मिला तामाङले रुपैयाँ १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै प्रतियोगितामा सोही विद्यालयकी छात्रा लक्ष्मी श्रेष्ठ दोस्रो भएकी छ्न। छात्रा श्रेष्ठले रुपैयाँ ७ हजारसहित सम्मानपत्र पाएकी थिइन।
प्रतियोगितामा जानकी माध्यमिक विद्यालय महाकालीकी छात्रा अञ्जना थापा तेस्रो भएकी छिन। थापाले नगद ५ हजारसहित प्रमाणपत्र पाएकी छिन। प्रतियोगितामा सान्त्वना पुरस्कार स्याउरेभूमे माध्यमिक विद्यालयकी छात्रा प्रविणा परियारले हात पारेकी छन् । छात्रा परियारले नगद ३ हजारसहित प्रमाणपत्र पाएकी छिन।
कार्यक्रममा सहभागी विजेता छात्राहरुले पछिल्लो समय समाजिक संजालको दुरुपयोग गर्दै महिला माथि हिंसा बढेकाले महिला स्वयं सतर्क हुनुपर्ने कुरा जोड दिएका थिए।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र भट्ट, शिवपुरी गाउँपलिका शिक्षा शाखाका प्रमुख रामबहादुर थापा, लिखु गाउँपालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डे लगायतको उपस्थिति रहेको थियोे।