नुवाकोट तलाखुमा हत्या गरिएका सुमनको अन्त्येष्टि, मलामी गएका सबै भावविह्वल
नुवाकोट, मंसिर २३ । नुवाकोट तलाखुमा हत्या गरिएका सुमन थापाको अन्त्येष्टि गरिएको छ।
सोमबार राति शिवपुरी गाउँपालिका वडा नम्बर १ तलाखुमा हत्या गरिएका थापाको नुवाकोटको तादी खोलामा अन्त्येष्टि गरिएको हो। मलामी गएका स्थानीय सबै भावविह्वल बनेका थिए।
केहि वर्ष अघिदेखि नुवाकोट चल्ने सार्वजनिक बसका सहचालकका रूपमा परिचीत थापालाई सबैले ‘भान्जा’ भनेर सम्बोधन गर्दथे । सुमन परिवारको माइला छोरा हुन।
सुमनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तलाखु हत्या काण्डमा संलग्न ब्यक्तिहरुमा जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएको वर्ष २८ को कुमार पण्डित, सोही ठाँउको वर्ष ३३ को श्यामहरी पण्डित र वर्ष ३४ को राजेश कडेल रहेका छन् । घटनामा संलग्न अर्का एक शिवपुरी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४२ को कृष्णबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।