बूढीगण्डकी बनाउने हो, अर्थमन्त्री हुँदा नै काम थाल्छु : शर्मा
धादिङ,मंसिर २२ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमवार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताएका हुन् ।
त्रिपुरासुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्ने समेत बताए