साढे ३३ सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा
विराटनगर,मंसिर २२ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो ।
हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चूणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । हत्या अभियोगमा गोरेसहित आठजनालाई कैद फैसला भएको छ । सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो । गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए ।
पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् । यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमा ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ । ५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका आठजना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो । आर्थिक अभियानबाट