अर्घाखाँची चल्ने यातायातले अपाङ्गता भएका ब्यक्तिहरुलाई छुट नदिएको गुनासो
अर्घाखाँची,मंसिर २१ । अर्घाखाँचीको सन्धिखर्कमा शृजनशिल अपाङ्गता सरोकार केन्द्रले अपांगता भएका व्यक्तिलाई सवारी साधनमा सहुलियतको लागि यातायात व्यवसायीलाई नियमावली बितरण तथा ध्यानाकर्षण गराएको छ । केन्द्रले आज जिल्ला प्रशासन कार्यलयमा सरोकारवालासँग भएको समिक्षात्मक बैठकपछि राज्यले अपाङ्गता भएका ब्यक्तिहरुलाई सार्बजनिक यातायातमा यात्रा गर्दा सहुलियत नपाएको भन्दै ध्यानाकर्षण गराएको हो ।
शृजनशिल अपाङ्गता सरोकार केन्द्रले सपाङ ब्यक्तिहरु जस्तो मनपरी रुपमा भाडा असुल गर्ने गरेको र यात्रामा कठिनाई हुने गरेको व्यापक गुनासो आएको बताएको छ । अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि २०५२÷०५३ सालदेखि नै सक्रिय रुपमा कार्य– गर्दै आएको छ। सरोकार केन्द्रको तर्फबाट सो सस्थाका अध्यक्ष एवं प्रदेस सद्स्य फर्सुराम पान्डेले यातायात व्यावसायीहरुका प्रतिनिधिलाई एक कार्यक्रमका बिच सस्थाको बिनियामावली र प्रशासन कार्यलय बिच भएको बैठक , समझदारी र निर्णयलाई जानकारी दिन सो कार्यक्रमको आयोजना गरिएको बताए ।
संस्थाका अध्यक्ष पाण्डेले यातायात ब्यबासायीलाइ सो नियमावाली हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा अपांग ब्यक्तिहरुलाई सार्वजनिक यातायातमा यात्रा गर्दा ५०% छूट गरि सर्ब सुलभ तबरले यात्रामा छुट दिनु पर्नेमा मुख्य जोड रहेको छ।