नुवाकोट आएर मन्त्री खतिवडाले भने- ‘केपि ओलीको घमण्डले मुलुक पछाडी परेको हो’



नुवाकोट,मंसिर २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रि बिरोध खतिवडाले केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताएका छन् । त्रिशुली अस्पतालको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागी नुवाकोट आइपुगेका मन्त्री खतिवडाले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफु मात्रै सर्बेसर्बा भन्ने केपि ओलीको घमण्डले मुलक पछाडी परेको बताएका हुन । 

दुई तिहाईको बहुमतिय सरकारालाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै ओलीको घमण्डले आफुहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको बताए ।उनले पार्टी र सत्ता सञ्चालनमा पार्टीको बिचार र सिदान्तलाई हटाउदै ब्यक्तिगत स्वार्थका योजनाहरु लाई समाबेस गर्दाको उपज प्रतिपक्षमा पुगेको बताए ।

यस्तै, पत्रकार सम्मेलनमा उनले अब कोरोना संक्रमणकै कारण मुलुक लकडाउन नहुने बताए । बिगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागी भएको निषेधाज्ञाले संक्रमणले भन्दा धेरै भोकमरीको समस्या सिर्जना भएकाले अहिलेकै अबस्थामा लकडाउन नहुने बताए । संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याउने बताउदै उनले लकडाउन गर्नुको उदेश्य नरहेको स्पष्ट पारे ।

नुवाकोटका सञ्चारकर्मिहरुसँग कुराकानी गर्दे उनले सबै नेपाली नागरिकहरु लाई आबश्यक पर्ने खोप नेपालले स्टोर गरिसकेको बताए । पुष महिना भरिमा सबै नागरिकहरुले खोप लगाई सक्ने बताउदै उनले सबैको तहबाट खोप सुनिश्चितताकाे लागी अभियाननै सञ्चालन गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बाग्मति प्रदेश सदस्य यमकुमार खाती समाजवादी पार्टीका जिल्ला अध्यक्ष गाेबिन्द नेपाली,उपाध्यक्ष शान्ता थापा,उपसचिव उद्वव पनेरु,बुद्धिजीवी विभाग प्रमुख रामहरी गजुरेल,युवासघं तथा बिधार्थी नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्