नुवाकोट तलाखु हत्याकाण्ड: थप रहस्यमय बन्दै, सहचालकको बारे डाइभरलाई पत्तो छैन



नुवाकोट,मंसिर २१ । शिवपुरी गाउँपालिका वडा नम्बर १ तलाखुमा सोमबार राति घटेको युवक हत्याकाण्ड २३ घण्टा बितेको छ भने घटना थप रहस्यमय बन्दै गएको छ।

काठमाडौंदेखि नुवाकोटको शिवपुरी गाउँपालिका तलाखुका लागि छुटेको बा२ख ६५८७ बसको सहचालक हुन सुमन थापा।मृतक थापा पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ राहुटारका स्थानीय भिमसेन थापाका २० वर्षीय छोरा हुन। उनको केहि ब्यक्तिको आक्रमणबाट हत्या भएको प्रहरीले प्रारम्भिक आशंका आकलन गरेको छ। यद्यपि सो बसका चालकले भने आफुलाई सहचालकको बारेमा केहि थाहा नभएको बताउदै आएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार चालकलाई आफ्नो स्टाफ कहाँ गयो भन्नेबारे थाहा नभएको जवाफ दिएका हुन।

सोमबार साँझपख घटना घटेको हुनसक्ने प्रहरीले जनाएको छ। राति ८ बजे स्थानीय स्वास्थ्यकर्मीले सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ। घटनाको प्रकृति हेर्दा बस भित्रनै कसैले आक्रमण गरेको अनुमान लगाउन सकिन्छ। अध्यक्ष थापाले भने – ‘बसमा पनि रगत लत्पतिएको छ। सडकमा त्यतिकै रगत छ,४ सय मिटरसम्म रगत देख्न सकिन्छ।’ थापाले प्रहरी र स्थानीयको सहयोगमा अनुसन्धान भैरहेको बताए।

प्रतिक्रिया दिनुहोस्