नेपाली काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन: मतदान सकियो,२०८३ मत खस्यो



हेटौंडा, मंसिर १८ । नेपाली कांग्रेसको वाग्मती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मतदान प्रकृया भर्खरै सकिएको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान सुरु भएको मतदानका लागि राती १० बजेसम्मको समय तोकिएको थियो।१० स्थानमा मतदान गर्ने व्यवस्था सहित ९१ पदका लागि मतदान सुरु गरिएको थियो। 

बिहीबारदेखि हेटौंडामा सुरु भएको प्रथम अधिवेशनमा १२४५ प्रदेश अधिवेशन प्रतिनिधि,८७६ केन्द्रीय महाधिवेशन प्रतिनिधि र १६ केन्द्रीय सदस्य त्यसैगरी सुभेच्छुक संस्थाका १४ गरी जम्मा २१५१ जना अधिवेशन प्रतिनिधि रहेका छन। जसमा २०८३ मत खसेको र ६८ मत नखसेको जनाइएको छ।  कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भिमसेन दास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी उप-सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह-महामन्त्री महिला तर्फ ३ जना र सह-महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ। मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस्